हरिनगर गाउँपालिका नेपालको संविधान वमोजिम कोशी प्रदेश भित्र समेटिएको १३७ वटा स्थानीय तहहरु मध्ये पूर्वी तराई भूभागमा पर्ने सुनसरी जिल्लाको एक गाउँपालिका हो । यो गाउँपालिका साविकका हरिनगरा, रामनगर भुटाहा, घुस्की, बसन्तपुर गौतमपुर (चोरघटिया) समेत गरी पाँच वटा गाउँ विकास समितिहरुका भूभाग समेटेर यो गाउँपालिका गठन गरिएको छ । नामांकरणका हिसाबले साविकको हरिनगरा गाउँ विकास समितिमा यस गाउँपालिकाको केन्द्र रहेको र सोही "हरिनगरा" भन्ने शब्दलाई आधार मानेर "हरिनगर गाउँपालिका" भन्ने नाम कायम गरिएको छ । भूगोलका हिसावले कुल क्षेत्रफल ५२.२९ वर्ग किलो मिटर रहेको तराइको समथर भूभ